२०७७ माघ १, बिहीबार ०७:५०

मलगंवा । नेपाली काँग्रेसका नेता गगन थापाले न्यायालय र न्यायाधीशहरुलाई धम्क्याएर प्रभावमा पार्ने काम तत्काल बन्द गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

सर्लाहीको लालबन्दीमा बुधबार नेपाली काँग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले भारतीय जि टेलिभिजनले सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेर प्रशारण गरेको सामग्रीमा आपत्ति जनाउँदै यो विषयमा सिङ्गो राष्ट्र गम्भिर हुनुपर्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा चलेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको इसारामा चल्दै जाने हो भने संविधान र संघीयता नै धरापमा पर्ने नेता थापाले दावी गरे । नेता थापाले प्रधानमन्त्री ओलीले प्रदेश समेत खारेज गर्न सक्ने भय रहेको थपे । प्रधानमन्त्रीले चालेको कदम ठीक हो भन्दै अघि बढेको खण्डमा प्रदेश, स्थानीय सरकार हुँदै संविधान नै खेर हुने अवस्था रहेको काँग्रेस नेता थापाको तर्क छ ।

नेता थापाले सर्वोच्च अदालतले संसद् पुर्नस्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै संविधानत् अदालत र न्यायधीशहरु संसद् पुर्नस्थापनाकै पक्षमा उभिने विश्वास व्यक्त गरे । सभामा काँग्रेस नेता थापाले संविधान रक्षा र अहिलेको असंवैधानिक कदम विरुद्ध गाउँ– गाउँमा गएर नागरिकलाई प्रष्ट पार्न आग्रह गरे ।

Comment

Related News

Latest News

Trending News