अपडेट 
२०७७ माघ १, बिहीबार ०७:५३

बीरेन्द्र बजार(सप्तरी) । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापनाको माँग गर्दै आन्दोलनमा उत्रिएका जनता समाजवादी पार्टी नेपालले माघ ७ गते राजबिराजमा हुने बिरोध सभाको तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीको असंबैधानिक कदमको विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका जसपाले राजबिराजमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो । जसपा सप्तरीले आन्दोलनलाई ब्यबस्थित र प्रभावकारी बनाउन जिल्लादेखि वडासम्म जनपरिचालन समिति गठनलाई तिब्रता दिएको छ । आन्दोलनलाई लक्षित गरि राष्ट्रियसभा सदस्य एबम पुर्व मन्त्री मृगेन्द्र सिंह यादवको संयोजकत्वमा जिल्ला जनपरिचालन समिति, जसपा केन्द्रिय सदस्य एबम जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा आर्थिक समिति, अमरनाथ मण्डलको नेतृत्वमा प्रचार प्रसार समिति, केन्द्रिय सदस्य शैलेस चौधरीको संयोजकत्वमा मंच ब्याबस्थापन समिति, केन्द्रिय सदस्य दिनेश यादवको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको जनता समाजवादी पार्टी, नेपाल सप्तरीका अध्यक्ष केदार यादवले जानकारी दिए ।

पार्टी अध्यक्ष एबम सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव प्रमुख बक्ताको रुपमा आउने राजबिराजमा हुने बिरोध सभामा २५ हजार भन्दा बढी जनता उतार्ने तयारी जसपा सप्तरीले गरेको छ । ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध विशाल जनप्रदर्शनको तयारीमा निरन्तर लागिपरेका छौ जिल्ला अध्यक्ष यादवले भने, आन्दोलनलाइ ब्यबस्थित र शान्तिपुर्ण बनाउन सप्तरीबाट प्रतिनिधित्व गर्ने केन्द्रिय कार्यकारिणी समिति, केन्द्रिय समिति, मधेश प्रदेश समिति, जिल्ला समिति, भ्रातृ संगठनका प्रतिनिधि सम्मिलित विभिन्न समिति गठन गरेका छौ । गठित समितिहरु आफ्नो कार्यक्षेत्रमा लागिसकेको अध्यक्ष यादवले बताए । नेताहरु गाउँपालिका तथा नगरपालिकामा वडा तथा टोलटोलमा माघ ७ को विरोधसभाको तयारीका लागि जनजागरण गर्न जनपरिचालन गरिएको जनता समाजवादी पार्टी सप्तरीले जनाएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि जनता समाजवादी पार्टीले पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन अन्तर्गत मुलुकको ठुला शहर हरुमा शक्ति प्रदर्शन सहित बिरोध सभाको कार्यक्रमहरु आयोजना गरेको छ । संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरि संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै जसपा, काँग्रेस र सत्तारुढ दल प्रचण्ड–माधव समुह र नागारिक समाजका अगुवाले प्रतिनिधि सभा पुर्नस्थापनाको माँग गर्दै सडक संघर्ष लगायतका विभिन्न खाले दवाबमुलक आन्दोलन गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News