अपडेट 
२०७७ माघ १, बिहीबार ०७:५६

मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर परिसरभित्र दुई सातामा पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

जानकी मन्दिरमा भई रहेको मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगतका कार्यहरु दुई साता भित्र सम्पन्न गरि दोस्रो चरणमा जान निर्देशन दिएका छन् । जानकी मन्दिर फुलवारीको पर्खाल निर्माण भएपछि त्याहा जडान गरिएको स्ट्रीट लाईटको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको र दोस्रो चरणमा अगाडी बढ्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यम भुसाल र मुख्यमन्त्री स्वच्छता अभियानका परियोजना प्रमुख भगवान झालाई निर्देशन दिएका छन् । निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उक्त योजनाको प्रगतिबारे जानकारी लिदै दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन । दोस्रो चरणको योजनाको लागी मन्दिर संग सरोकार राख्ने महन्थ, नागरिक समाज , राजनीतिकर्मी ,संचारकर्मी समेतको राय सुझाव लिन समेत उनले परियोजना प्रमुखलाई निर्देशन दिए ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा गाडीलाई पूर्ण प्रतिवन्ध गर्नुका साथै श्रद्धालुहरुलाई जुत्ता चप्पल समेत परिसर बाहिरै राख्न लगाउनका लागी सुरक्षाकर्मी परिचालन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई समेत निर्देशन दिए । मन्दिरलाई सधैभरि सफा राख्न प्रदेश सरकारले सफाई कर्मी नै नियुक्त गर्ने जानकारी गराउँदै मुख्यमन्त्री राउतले मन्दिरको सौन्दर्यीकरणको लागी रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाए । उनले मन्दिरको अगाडीमै रहेको जानकी फुलवारी सौन्दर्यीकरणको कामलाई समेत अगाडी बढाउन निर्देशन दिए । सोही अवसरमा मुख्यमन्त्री राउतले मन्दिर परिसरमा जडान गरिएको स्ट्रिट लाइटको उद्घाटन समेत गरेका थिए । सो अवसरमा जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले परियोजनाहरु छिटो भन्दा छिटो सम्पन्न गर्नकालागि मुख्यमन्त्री कार्यालयका टिमहरु लागि परेको बताउँदै अगामी दिनमा पनि प्रदेश सरकारवाट जनकपुरधामका जनता अपेक्षा राखेको बताएका थिए ।

स्थलगत निरीक्षणको क्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यम भुषाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्वच्छता अभियानका डिई भगवान झा सहितको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News