२०७७ माघ १, बिहीबार १२:५६

सप्तरी, राजविराज, १ माघ । छैठौं राष्ट्रिय योग दिवस यहाँ बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

बिहीबार जिल्ला आयूर्वेद केन्द्र सप्तरीले कार्यालय परिसरमा योगाभ्यास तथा प्रवचन लगायतका कार्यक्रम गरि योग दिवस मनाएका हुन् । योग गरौं डटेर, कोरोना जान्छ हटेर मुल नाराका साथ सुरु भएको कार्यक्रममा सुरक्षा निकाय, स्वास्थ्य संस्था, नागरिक समाज, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र लगायत विभिन्न संघ संस्थामा आवद्धहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई केन्द्रका प्रमुख डा. शिवशंकर यादवले योगको प्रशिक्षण दिनुका साथै यसको महत्व बारे जानकारी गराएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकराी शंकरहरि आचार्यले योगको प्रभाव जनस्तरमा बढाउन यस्ता कार्यक्रमले ठूलो मद्दत पु¥याउने विश्वास व्यक्त गरे । यस अवसरमा ब्रहमकुमारी राजयोग सेवा केन्द्रले पनि विशेष कार्यक्रमको आयोजना गरेको केन्द्रका दिपक भाईले जानकारी दिए । योगले मनुष्यको तन र मन दुबै स्वास्थ्यका लागि विशेष महत्व राख्ने भएकाले केन्द्र परिसरमा विगत एकसाता देखी निशुल्क योग शिविर समेत संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. यादवले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News