अपडेट 
२०७७ माघ १, बिहीबार १३:१३

आज माघ महिनाको पहिलो दिन, नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

छापावाल सुनको मूल्य प्रतितोला ८ सयले कमी आएपछि प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट आएको हो । आज तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधवार तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ । बुधवार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News