अपडेट 
२०७७ माघ १, बिहीबार १४:०१

धनुषाको धनुषाधाम नगरपालिकामा प्रदेशस्तरिय मेयरकप फुटबल सम्पन्न भएको छ ।

धनुषाधाम नगरपालिकाको सहकार्य र धनुष शान्ती समाज युवा क्लवको समन्वयमा बुधवार भएको फाइनल खेलमा विपक्षी टिम विरगंज युनाइटेडलाई हराउदै धनुषाधाम.टिम विजयी भएको छ । निर्धारित समय भित्र दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टीमा धनुषाधाम टिमले ४ गोल गर्दै कपमाथि कव्जा जमाएको हो । विपक्ष विरगंज टिमले ३ गोल गरेका थिए । निकै नै रोमाञ्चक रुपमा खेलीएको खेलमा दुवै टिमका खेलाडीहरुले उतकृष्ट प्रर्दशन गरेका थिए । विजयी टिमलाई १ लाख १ हजार १ सय ११ रुपैया नगद राशी सहीत शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ भने दोसा्रे हुने टिम विरगंजलाई ५५ हजार ५ सय ५५ नगद राशी सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

फुटबल खेललाई हौसला बढाउनकालागि धनुषाधामका मेयर बालेश्वर मण्डल र उपमेयर विद्या देवी भुजेल समेत उपस्थित भएकि थिइन । कार्यक्रममा खेलमा योगदान दिएका पुर्व खेलाडीहरुलाई मेयर मंडलले सम्मान गरेका थिए । पुस २२ गते देखि सुरु गरिएको प्रतियोगीतामा आठवटा टिम सहभागी गराइएका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीको समेत उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News