अपडेट 
२०७७ माघ १, बिहीबार १६:३४

कोरोना भाइरसको संक्रमणबाट पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ ।

भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य समेत रहेका यादवको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभा सदस्य समेत रहेका यादव नेकपा बाँकेका इञ्चार्ज समेत थिए । उनलाई पुस १२ गते कोरोना संक्रमण भएको थियो । संक्रमण भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनको ग्राण्डीमा उपचार थालिएको थियो । मधुमेह रोगबाट समेत पीडित रहेका यादवलाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउने प्रयास भएपनि सफल नभएको अस्पतालले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News