अपडेट 
२०७७ माघ २, शुक्रबार ०७:२८

विश्वभरमा ६ करोड ६७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा ६ करोड ६७ लाख ६१ हजार ३८९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड ३४ लाख ८३ हजार ४७४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ८८१जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ४७ लाख २१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ३८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४० लाख ८३ हजारभन्दा बढी निको भएका छन् भने ३ लाख ९७ हजार ४८५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५ लाख २८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड १ लाख ६१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ९५४ जना पुगेको छ । नेपालमा हालसम्म २ लाख ६६ हजार ५४६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ६० हजार १७७ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९४३ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News