अपडेट 
२०७७ माघ २, शुक्रबार ०७:३८

अविश्वासको प्रस्तावलाई ‘फेस’ तयार रहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समुहलाई सरकारमा जानबाट रोक्न नेपाली काँग्रेसका लागि मुख्यमन्त्री छाड्न समेत तयार भएका छन् ।

प्रचण्ड–नेपाल समुहबाट ३५ जना सभासदले संसद सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव उपर माघ ७ गते छलफलका लागि प्रदेश सभा बैठक बोलाइएकोछ । ९३ सदस्यीय प्रदेश सभामा नेकपाको ६७ जना सभासद छन् ।त्यस मध्ये प्रचण्ड–नेपाल समुहबाट ३५ जनाले मुख्यमन्त्री राईमाथि अविश्वास प्रस्ताव दर्ता गराएका छन् । म्ुख्यमन्त्री राई पक्षको दावी अनुसार हाल दुवै तर्फ ३३÷३३ जना रहेका छन् ।एकजना सभामुख छन् । नेकपाको ओली समुहमा रहेका मुख्यमन्त्री राईले काँग्रेससित तालमेलगरि सरकार बनाउने प्रयास थालिसकेका छन् ।प्रचण्ड–नेपाल समुह भने मुख्यमन्त्री राखेर काँग्रेससित तालमेल गर्न चाहेकोछ । नेपाली काँग्रेसको केन्द्रले कुन पक्षसित तालमेल गर्ने र सरकारमा जाने अथवा बाहिरबाट समर्थन दिने टुंगो लगाइनसकेकोले प्रदेशका नेताहरु अन्यौलमा छन् ।

केन्द्रिय निर्देशन नआए सम्म केहि भन्न सक्ने अवस्था नरहेको उनीहरु बताउँछन् । मुख्यमन्त्री राई अविश्वासमा पर्ने निश्चित भइसकेको अवस्थामा उनी सरकार जोगाउने भन्दा काँग्रेसलाई दिएर भएपनि प्रचण्ड–नेपाल समुहलाई सरकारमा जानबाट रोक्नुलाई प्राथमिकता दिएका छन् । सरकारका लागि ४७ जना सभासद चाहिन्छ ।नेकपा भित्रबाट त्यो संख्या पु¥याउन असंभव प्राय नै छ । प्रदेश सरकारको सम्बन्धमा काँग्रेसको केन्द्रले प्रष्ट नगरे सम्म अन्यौल नै रहनेछ ।तर काँग्रेसका एकजना नेताका अनुसार ओली समुहसित तालमेल हुने संभावना बलियो छ ।

Comment


Related News

Latest News

Trending News