अपडेट 
२०७७ माघ २, शुक्रबार ०७:५२

कलैया । माघे संक्रान्तीको अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का यादव दाम्पति लष्मी र राजभरी अहिरिनद्वारा गरिब, सहाय, बिपन्न, दलित एवम बिधवाहरुलाई कम्बल वितरण गरेका छन ।

कलैया उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४ का गरि २ सय ५ जनालाई १४ औ पल्ट उनीहरुले कम्वल बितरण गरेका छन । कम्वल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी निर्वाचन क्षेत्र नम्बर ३ का बिघटित संघिय साँसद रामबाबु कुमार यादवल सेवा नै धर्म हो भने मन्यतालाई यहाँका लक्ष्मी र राजभरीले साबित गरिदिएको बताए । सरकारले गर्नुपर्ने काम गरेर समाजमा ठुलो उपकार गरेको चर्चा गर्दै यसबाट पाठ सिक्न हामी सबैलाई पे्ररण मिलेको उनले भने । सरकारले गरिब, असहाय, विपन्न नागरिकको जीवन स्तरलाई उकास्नका लागि ठोस पहल नगरेका कारणले ती बर्गका ब्यतिmहरुलाई सास्ती भाग्नुपर्ने बाध्यता भोग्नुपरेको साँसद यादवको भनाई रहेको छ । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य एवम नेपाली काँग्रेसका सचेतक डा. शोभाकर पराजुलीले समाजमा सबै नागरिकमा दाया र करुणाको चेत भयो भने निश्चय नै समाज समृद्ध र उन्नतीको मार्गमा जान्छ बताए ।

राज्य अहिले उदासिनता तिर लम्केको जानकारी दिए । प्रधानमन्त्रि ओलीले ससद बिघटन गरि मुलुकमा रोग, भोगको समस्या सृजना गरेको आरोप लगाए । कम्बल बितरण कार्यक्रमलाई प्रदेश साँसद पारस साह, ज्वाला कुमारी साह, जिल्ला समन्वय समितिका सहसंयोजक पवन कुमार ब्याहुत, कलैया उपमहानगरपालिका मेयर राजेशकुमार यादव,प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रशासकिय अधिकृत मुरारी कार्की, बारा उधोगा बाणिज्य संघका महासचिव रामअसिस साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, मर्दशा माबिका अध्यक्ष महम्द सगिर, बेगा साह माबिका प्रअ देवेन्द्र गिरी, ब्रम्ह कुमारी राजसेवा केन्द्रका संचालिका मिना दिदी, प्रहरी नायव उपरिक्षक गौतम मिश्र, लगायतका आफनो बिचार ब्यतm गर्दै यादव दम्पतिको कार्यको सराहना गरेका थिए ।

सुकदेव यादवको संचालनमा धन्यवाद ज्ञापन बिसेश्वर यादवले गरेका थिए । कार्यक्रममा पत्रकार, राजनितिकि दलका प्रतिनिधी, समाजसेवी, नागरिक अगुवा, प्रहरी प्रशासन, उधोगी ब्यापारी लगायतका सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News