अपडेट 
२०७७ माघ २, शुक्रबार ०७:५९

जनकपुरधाम ।नेपालको कागज उत्पादनमा अग्रणी रहेको एभरेष्ट पेपर मिल्सले कामदार कर्मचारीहरुको तलब बापतको ३ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ ।

पेपर मिल बन्द गरेको सञ्चालकले कर्मचारी, रद्दी कागज सप्लायर्स, केमिकल सप्लायर्स ,भुस सप्लायर्स लगायतको गरी झण्डै १५ करोड तिर्न बक्यौता रहेकोछ । विदेशमा समेत कागज निर्यात गर्ने एभरेष्ट पेपर मिलले लकडाउनमा समेत कर्मचारीहरुको तलब भुक्तानी गरेको छैन् ।दैनिक ज्यालादारीहरुको पारिश्रमिक समेत रोकिएकोछ ।कर्मचारीहरुको तलब भुक्तानी नदिएको मिल सञ्चालकले भने उद्योग बन्दगरि जग्गा प्लटिंगवरि बिक्री गर्ने तयारी गरेकोछ । कौडीको भाउमा किसानहरुसित खरिद गरिएको जग्गा अहिले धुरको २ लाख बढी पर्नेगरि प्लटिंगको योजना बनाएको बताइएकोछ । मिल सञ्चालकले कच्चा पदार्थको अभाव, ब्याइलर बाल्न इन्धनको अभाव र ती सबैको जोहो गर्न नगदको अभाव देखाउँदै उद्योग बन्द गरेकोछ ।उद्योग बन्द भएपछि अहिले सिमित कर्मचारी मात्र त्यहाँ कार्यरत रहेका छन् ।

स्रोतहरुका अनुसार मिललाइ उपलब्ध गराइने कच्चा पदार्थ(कवाड कागज) सप्लायर्सहरुको करिब ६ करोड बक्यौता रहेकोछ ।पछिल्लो डेढ वर्षदेखि उनीहरुलाई रद्दी कागजको मुल्य भुक्तानी गरिएको छैन् । त्यसैगरि केमिकल लगायतका सामग्रीहरु उपलब्ध गराउने भारतीय सप्लायर्सहरुको समेत ४ करोड बक्यौता रहेकोछ ।उनीहरुलाई समेत डेढ वर्षदेखि रकम भुक्तानी गरिएको छैन् ।धानको भुस सप्लायर्सले पनि ५० लाख भुक्तानी लिन बाँकी रहेको बताइएकोछ ।भुसपनि पेपर मिलले कच्चा पदार्थको रुपमा प्रयोग गर्छ । मिल सञ्चालकले यस अघिपनि पटक पटक बन्दगर्दै घाटामा रहेको ेखाएर कर छली गरेको आरोप लाग्दै आएकोछ ।बिजुलीको महसुलपनि तिर्न धेरै बाँकी रहेको बताइन्छ मिल सञ्चालकले उद्योगलाई पूर्ण रुपमा बन्दगरि त्यहाँको जग्गालाइ प्लटिंगगरि बिक्रीगर्दा उद्योगबाट आउने मुनाफा भन्दा धेरै बढी हुने निक्र्यौल निकालेको छ ।सयौं मानिसको प्रत्यक्ष रोजगारी दिएको धनुषा जिल्लाको एकमात्र ठूला उद्योग एभरेष्ट पेपर मिल बन्द भएपछि जिल्लामा ठूला उद्योग रहने छैन् ।

समाजिक क्षेत्रमा शुन्य लगानी रहेको, मिलको प्रदुषित पानीले हजारौ किसान प्रभावित भएपनि मिल सञ्चालकले कुनै चासो देखाएको छैन् ।तरपनि मिल सञ्चालनका लागि किसानहरुले त्याग गरेका छन् । मिल सञ्चालन नगरि जग्गा प्लटिग गरी बिक्री गर्न चाहे उद्योगका लागि जग्गा उपलब्ध गराउने किसानहरुले जग्गा फिर्ता लिन संघर्षमा उत्रने धम्की दिन थालेका छन् । मिल सञ्चालक कौशलकिसोर सरार्फले एभरेष्ट कार्डबोर्ड फैक्ट्रीलाई एभरेष्ट पेपर मिल्सको रुपमा विकसित गरेदेखि हाल सम्म त्यसले समाजिक क्षेत्रमा कुनै योगदान नगरेको स्थानीयहरु बताउँछन् । मिलले प्रदुषण फैलाएपनि सयौं व्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपमा रोजगारी दिएको भरमा नै चुप लागेको स्थानीयहरु बताउँछन् ।तर मिल बन्दगरि जग्गा प्लटिंग गरेर बेच्न चाहे त्यो सहज नहुने उनीहरुको कथन छ । रोजगारी खोसेर मिल बन्द गरे सञ्चालकलाइ कार्वाह ीगर्न उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।मिलका वरिष्ठ कर्मचारीहरुका अनुसार हाल सम्म घाटामा कहिल्यै सञ्चालन भएको छैन् ।

एभरेष्ट पेपर मिलले जपानमा समेत कागज निर्यातगर्दै आएकोछ ।नेपालमा एभरेष्ट पेपर मिलको कागजको गुणस्तर उत्तम मानिन्छ ।

Comment


Related News

Latest News

Trending News