अपडेट 
२०७७ माघ २, शुक्रबार १५:२८

पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी भएको खबरमा दाबी गरिएको छ ।

पाइप लाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरूलाई खबर गरेका थिए । मुख्य पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको खबरमा उल्लेख छ । सानो पाइपबाट दैनिक सयौँ लिटर डिजल चोरी भएको हुन सक्ने भारतीय आयल कर्पोरेशन (आईओसी) का अधिकारीहरूले आशङ्का गरेका छन् । पाइपबाट हरेक दिन हजारौँ लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ ।

झण्डै चार फीट तलको फाइप लाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो । चोरहरूले जोडेको पाइपबाट डिजल लिक नहोस् भन्नका लागि छुट्टै लकिङ सुविधा जडान गरेको पाइएको छ । गएको वर्ष भदौबाट सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन हो । 

Comment


Related News

Latest News

Trending News