२०७७ माघ ३, शनिबार ०८:१२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सधारण सदस्यबाट नै हटाउने तयारी गरेको थालेको छ ।

पार्टीको अनुशासनबाहिर गएर प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गरेको ठहर गरेर पार्टी अध्यक्षबाट हटाएको प्रचण्ड–नेपाल समूहले पार्टीबाटै हटाउने तयारी गरेको हो। शुक्रबार संविधान निगरानी समूहद्वारा आयोजित प्रतिनिधि सभा विघटन संवैधानिक व्यवस्था र चुनौति विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले ओलीलाई पार्टीको सदस्यबाटै हटाउने तयारी गरेको बताएका हुन्। ‘शुक्रबारको स्थायी कमिटी बैठकबाट ओलीजीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएका छौं। उहाँ पार्टी सदस्य हुन पनि लायक हुनुहुन्न,’ नेता नेपालले भने,‘जसले संविधान मान्दैन, पार्टीको विधान मान्दैन, पार्टीको निर्णय स्वीकार गर्दैन, निर्णयको उलङ्घन गर्दछ त्यस्तो व्यक्ति पार्टीको सदस्य हुन लायक हुन सक्दैन।’ ओलीले अर्को पार्टी खोलिसकेको आरोप लगाउँदै नेता नेपालले पार्टीको नाम र सुर्य चिन्हमा ओली समूहले दाबी गर्ने आधार नरहेको समेत बताए।

‘नेपाल कम्युनिस्ट पार्टी एमालेको नाममा उहाँले अर्को पार्टी दर्ता गरिसक्नुभएको छ। अनि उहाँको अर्को संगठन छ, मदन भण्डारी फाउन्डेसन। त्यही फाउन्डेसनको वरिपरी उहाँहरुले घुम्ने हो,’ उनले भने,‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम प्रयोग गर्न पाउनुहुन्न। अनि सूर्य चिन्हमा दाबी गर्ने उहाँको कुनै आधार पनि छैन र त्यो उचित पनि हुन सक्दैन।’

Comment


Related News

Latest News

Trending News