अपडेट 
२०७७ माघ ३, शनिबार ०८:२०

‘संसद पुर्नस्थापना कि वैशाखमा प्रतिनिधिसभाको निर्वाचन राजनीति यसै मियोको चारैतिर चक्कर काट्दैछ । मुलुकका तीन राष्ट्रिय दल– नपाल कम्युनिष्ट पार्टी, नेपाली काग्रेस र जनता समाजवादी पार्टी बाहिर र भित्र दुई ध्रुवमा विभाजित देखिन्छन् । एक पक्ष निर्वाचनमा जाने रणनीतिमा छन भने अर्को संसद पुर्नस्थापनाको जोहोमा । नेपालको संविधान– २०७२ले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने विशेषाधिकार दिएको छ कि छैन ? यो विषय भने साहायक विषय बनेको छ ।

राजनीतिक किंकर्तव्यविमूढताको बीच नागरिक समाज भने कमोवेश लोकतान्त्रिक प्रणालीको पक्षमा देखिको छ । यद्यपि उनिहरुको स्वर पनि पहिलाको जस्तो मुखर छैन । आमनागरिक अलमलमा छन् । गुण–दोषभन्दा पनि पार्टीगत , पार्टीभन्दा पनि गुटगत र गुटभन्दा पनि नेता विशेषको पक्ष र विपक्षमा उभिने नेपाली प्रवृतिका कारण पार्टी र नेताहरुको लोकप्रियताको मापन कठिन बनेको छ । राजनीतिक दलहरुले देशहित भन्दापनि व्यक्तिगत लाभ–हानीलाई ध्यानमा राखी मुद्दा उठान गर्न थालेपछि आमजन अलमलमा पर्नु स्वाभाविकै हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिए यता जनकपुरमा पक्ष र विपक्षमा नियमित प्रदर्शन हुदै आएको छ । यी प्रदर्शन तथा आमसभामा तीनै पार्टीका शिर्षनेताहरु समेत सहभागी भए । तीनै दलको प्रदर्शनमा सहभागीको संख्या अधिक देखिए पनि संचारकर्मीको आ“खाले हेर्दा शिर्ष नेताहरुको लोकप्रियता भने निरन्तर घटदै गएको अनुभव गरेको छु ।

जातिवादी रोगले ग्रस्त हाम्रो समाजमा नेताहरुको लोकप्रियताको मापन निर्वाचनमा हुने हार–जीतसंग गर्ने पुरानो पद्यति अझै पनि विद्यमान छ । जबकि नेताहरुको लोकप्रियताको कसि उनिहरुमा व्याप्त जनतालाई सम्मोहन गर्ने क्षमता , वाकपटुता , अध्ययनशीलता , तार्किकता, दूरदर्शिता , सदाचार , राजनीतिक दर्शनआदिलाई मान्नु पर्ने हो । जुन नेतालाई सुन्न जति बढि मानिस आउ“छन , जति अबेरसम्म बसेर उनको व्याख्यान सुन्छन , जु्न नेताको योजना जति अधिक आधुनिक तथा जिवनोपयोगी हुन्छ , ती नेतालाई लोकप्रिय मान्नुपर्ने वैश्विक मान्यता हो । विपी कोइरालालाई सुन्न अबेर साझसम्म लाखौं जनता बारहबीघा रंगभूमि मैदानमा उभिई रहेको दृश्य अझै पनि मानस पटलमा विद्यमानै छ । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई जननेता मदन भण्डारीले आफ्नो आकर्षक व्यक्तित्व र वाकपटुताकै वलमा पराजित गरेका थिए । मंसिर २९ गते नेपाली कांग्रेसले जनकपुरमा ओली सरकार विरुद्ध विरोध सभाको आयोजन गरेको थियो । प्रमुख अतिथिका रुपमा सहभागी थिए– पार्टीका पुर्व महामन्त्री प्रकाशमान सिंह । लामो समयपछि आयोजित नेकाको विरोधसभामा गजबको भिड थियो ।

रेल्वे स्टेशनमा विरोध सभाको आयोजन गरियो । सभामा पनि सहभागीको कमि थिएन तर मुख्य अतिथि प्रकाशमान सिंह बोल्ने वेलासम्म आधाभन्दा अधिक कार्यकर्ता सभास्थल बाहिर गई सकेका थिए । श्रोता आभावमा प्रमुख अतिथि सिंह निरास देखिएका थिए । पुस २१ गते नेकपा ओली समूहको विशाल आमसभा पार्टी कार्यालयमा सम्पन्न भयो । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन तथा निर्वाचनको समर्थनमा आयोजित उक्त सभाका प्रमुख अतिथि थिए–उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोख्रेल । यसका अतिरीक्त चार थान केन्द्रिय मन्त्री तथा अनेकौ केन्द्रिय नेताहरु पनि कार्यक्रममा सहभागी थिए । मञ्च संचालनको सर्वमान्य मान्यता अनुसार अन्तिम वक्ता थिए , ईश्वर पोख्रेल तर उनि बोल्ने वेलासम्म समर्पित भनिने अनेकौ नेकपा कार्यकर्ता कार्यक्रम स्थलबाट गई सकेका थिए । कार्यकर्तालाई बाहिर जानबाट रोक्न कार्यक्रम संचालक प्रदेश सांसद रामचन्द्र मण्डललाई पटक पटक भन्नु परेको थियो – कमरेडहरु जलपानको पनि व्यवस्था छ । बाहिर नजानोस । हामीले व्यवस्था गरेको खाजा बर्बाद हुन्छ । प्रधानमन्त्री ओलीको निर्णय विरुद्ध नेकपा प्रचण्ड– माधव समूहले पनि विरोध जुलुस प्रदर्शन गरेको थियो ।

केन्द्रिय सदस्य रामचन्द्र मण्डल,श्रवण बरवरिया यादव,प्रदेश सांसद शत्रुघ्न महतोलगायतका आधा दर्जन अधिक केन्द्रिय नेताहरु सहभागी रहेको उक्त जुलुसमा पनि यस्तै दृश्य देखियो । कोणसभाहरुमा कार्यकर्ताको भिड देखिए पनि रेल्वे स्टेशन परिसरमा आयोजित मुख्य सभामा भने कार्यकर्ताको उपस्थिती अतिन्युन देखियो । काग्रेस र कम्युनिष्ट पार्टीका कार्यक्रमहरुमामात्र होइन मधेसी नेताहरुको बाहुल्यता रहेको जनता समाजवादी पार्टीको पुस २७ गते आयोजित विरोधसभामापनि यस्तै दृश्य दोहरियो । विरोधसभामा धनुषा र महोत्तरीका हजारौं नेता कार्यकर्ता सहभागी थिए । तर प्रमुख वक्ता पार्टीका वरीष्ट नेता राजेन्द्र महतोको बोल्ने बेला आधाभन्दा पनि कम सहभागी सभास्थलमा बांकी थिए । अन्य अआफ्ना घर फर्कि सकेका थिए । आखिर शिर्षनेताहरुको भाषण सुन्न नेता कार्यकर्ताहरु किन कार्यक्रमको अन्तसम्म बस्दैनन त ? स्थानीय नेताहरु तर्क दिन्छन – कार्य त्र m म ढिलोसम्म चल्ने भएर तथा जाडोको कारण सहभागीहरु कार्यक्रमको अन्तसम्म बस्न मान्दैनन् ।

आंशिक रुपमा यो तर्क ठिक पनि होला । तर टाढा टाढाबाट आफ्ना नेतालाई हेर्न तथा सुन्न आएका कार्यकर्ताहरु शिर्ष नेताको भाषणनै नसुनी फर्किनुलाई सम्बद्ध नेताहरुको अलोकप्रियता मान्ने कि नमान्ने ? पछिल्लो समय सबै पार्टीमा नेता कार्यकर्ता प्रवेश गराउने उपक्रम बढेको छ । मोटरसायकलमा पेट्रोल भरि दिने , च्युरा मासुको भोज खुवाउने अनि भत्तासमेत दिएर सभामा सहभागी गराउने प्रथाको विकास पनि भएको छ । केही युवा तथा समुदायका व्यक्ति पक्ष र विपक्ष दुबै सभामा सहभागी भएको पनि देखिएको छ । अर्थात् सभाहरुमा कार्यकर्तासंगै भत्ताका सहभागीहरु पनि हुन्छन् । भत्ताका सहभागीहरुका लागी नेताभन्दा पनि भत्ता प्यारो हुन्छ । फेरी नेताहरुको आचरणबाट आमजन परिचित पनि हुन थालेका छन् । जनताले नेता चिन्नु आफैमा ठुलो उपलब्धि हो । आशा गरौं अबका दिन नेताको नियत र निति चिनेर बुझेर नेतृत्व चयन गरिन्छ ।

Comment


Related News

Latest News

Trending News