अपडेट 
२०७७ माघ ३, शनिबार ०८:२३

सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापनाका माँग गर्दै आन्दोलनमा उत्रिएका जनता समाजवादी पार्टी नेपालले माघ ३ गते मलंगवामा हुने बिरोध सभाको भव्य तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रधानमन्त्री ओलीको असंबैधानिक कदमको विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका जसपाले सर्लाहीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो । जसपा सर्लाहीले आन्दोलनलाई ब्यबस्थित र प्रभावकारी बनाउन जिल्लादेखि वडासम्म जनपरिचालन समिति गठनलाई तिब्रता दिएको थियो । आन्दोलनलाई लक्षित गरि जसपा सर्लाहीको संयोजकत्वमा जिल्ला जनपरिचालन समिति गठन गरिएको छ । ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरुद्ध विशाल जनप्रदर्शनको तयारीमा निरन्तर लागिपरेका छौ जसपाका केन्द्रिय सदस्य लालबिहारी यादवले भने,–‘आन्दोलनलाइ ब्यबस्थित र शान्तिपुर्ण बनाउन सर्लाहीबाट प्रतिनिधित्व गर्ने केन्द्रिय कार्यकारिणी समिति, केन्द्रिय समिति, मधेश प्रदेश समिति, जिल्ला समिति, भ्रातृ संगठनका प्रतिनिधि सम्मिलित विभिन्न समिति गठन गरेका छौ ।’ गठित समितिहरु आफ्नो कार्यक्षेत्रमा लागिसकेको केन्द्रिय सदस्य यादवले बताए ।

नेताहरु गाउँपालिका तथा नगरपालिकामा वडा तथा टोलटोलमा माघ ३ को विरोधसभाको तयारीका लागि जनजागरण गर्न जनपरिचालन गरिएको जनता समाजवादी पार्टी सर्लाहीले जनाएको छ । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि जनता समाजवादी पार्टीले पहिलो चरणको आन्दोलनका कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन अन्तर्गत मुलुकको ठुला शहर हरुमा शक्ति प्रदर्शन सहित बिरोध सभाको कार्यक्रमहरु आयोजना गरेको छ । संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरि संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै जसपा, काँग्रेस र सत्तारुढ दल प्रचण्ड– माधव समुह र नागारिक समाजका अगुवाले प्रतिनिधि सभा पुर्नस्थापनाको माँग गर्दै सडक संघर्ष लगायतका विभिन्न खाले दवाबमुलक आन्दोलन गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News