अपडेट 
२०७७ माघ ३, शनिबार ११:१५

प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज विभिन्न ६ वटा जिल्लामा एक साथ विरोध सभाको आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि दलहरु आन्दोलित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरुले अहिले आन्दोलन गरिरहेका छन् । जसपा नेपालले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलनका शुरु गरेको छ । त्यसै अन्तर्गत आज सुनसरीको धरान, सर्लाहीको मलगंवा, सिरहा, बाराको कलैया, कपिलवस्तुको तौलिहवा र रौतहटमा कार्यक्रमको आयोजना गरेको हो । 

सो कार्यक्रमका लागि केन्द्रबाट वक्ताहरु पठाइएको छ । धरानका लागि जसपा नेपालका वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की, परशुराम बस्नेत, मलगंवाका लागि वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव,  उमाकान्त झा, चन्दा चौधरी, रामनरेश, सिरहाका लागि कार्यकारिणी सदस्यहरु रेणु कुमारी यादव, प्रकाश अधिकारी, विजय यादव, राजकिशोर यादव, कलैयाका लागि कार्यकारिणी सदस्यहरु जितेन्द्र सोनल, रामसहाय प्रसाद यादव, चन्दा चौधरी, रमेश यादव, गंगानारायण श्रेष्ठ, तौलिहवाका लागि कार्यकारिणी सदस्यहरु मृगेन्द्रसिंह यादव, एकवाल अहमत शाह, अमृता अग्रहरी, केशव झा र रौतहटका लागि कार्यकारिणी सदस्यहरु अनिल झा, हिसिला यमी, राजकुमार लेखी, गोविन्द चौधरी, सुशिला श्रेष्ठलाई खटाइएको छ । सिरहको कार्यक्रमलाई कार्यकारिणी सदस्य राजकिशोर यादवले बहिष्कार गरेका छन् । 

Comment


Related News

Latest News

Trending News