अपडेट 
२०७७ माघ ३, शनिबार १६:२१

नेपालमा शनिबार थप २४० जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ५४ पुगेको छ । त्यस्तै थप ४७७ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल चार हजार ५८ जना आइशोलेशनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म बीस लाख ८ हजार ९४४ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News