अपडेट 
२०७७ माघ ४, आईतवार ०८:११

सर्लाही । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केपी शर्मा ओलीको सरकार चारैतिरवाट असफल भएको दावी गरेका छन् ।

उनले जनताले दिएको म्याण्डेट पुरा नगरि विच बाटोवाटै भाग्नु असफल रहेको स्पष्ट भएको बताए । जनता समाजवादी पार्टी (जसपा) नेपालले शनिवार सर्लाहीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै वरिष्ठ नेता महतो भने–‘ आफैले बनाएको संविधान माथि प्रतिगमन गरि संघीय लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता विपरित कार्य गरि चारैतिरबाट केपी ओलीको सरकार असफल भएको हो ।’असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज नगरिए थप कडा भन्दा कडा आन्दोलन गर्ने उनले चेतावनी समेत दिए । अन्य देशको कम्युनिष्टहरु सर्वहाराहरुकोलागि भएपनि नेपालको कम्युनिष्टहरु कुर्सीको मात्रै रहेको उनले टिप्पणी गरेका थिए । केपी ओली, प्रचण्ड, माधव नेपाल, शेरवहादुर देउवा सवै कुर्सीकोलागि मात्रै आफ्नो बोलबच्चनहरु बाहिर ल्याएको उनले बताए । काँग्रेसको विरोधले पनि जनतालाई ठग्ने गरेको स्पष्ट हुने गरेको उनको भनाई थियो ।

सोही कार्यक्रममा जनता समाजवादी पाटी नेपालका अर्का बरिष्ठ नेता महेन्द्र यादवले बिरोध सभालाई संम्बोधन गर्दै देशमा अब प्रतिनिधी सभा पुन स्थापना तथा संविधानको रक्षा गर्न कांग्रेस, प्रचण्ड, माधव गुट र जनता समाजवादी पार्टी नेपाल एकजुट भएर अगाडी बढनु पर्ने कुरामा जोड दिए । जब सम्म संविधान सभा पुर्ण स्थापना हुदैन संविधान तथा लोकतन्त्रको रक्षाका लागि हाम्रो आन्दोलन जारी रहने नेता यादवले आफनो सम्बोधनमा भने । कार्यक्रममा प्रदेश नं. २ का वन प्रर्यटन मन्त्री रामनरेश राय, संघीय सांसद चन्दा चौधरी, प्रदेश नं. २ का सांसद अशोक यादव लगायतका नेताहरुले आफनो विचार राखेका थिए । त्यस्तै कार्यक्रममा आफनो मर्यादाक्रमलाई वेवास्था गरिएको भन्दै संघीय सांसद प्रमोद साह र प्रदेश सांसद संजय यादवले मंचको कार्यक्रमलाई बहिस्कार गर्दै मंचबाट तल बसेका थिए ।

केहि बेर सम्म कार्यक्रममा नेताहरु बिच चर्काचर्की समेत भएको थियो । आफुहरुलाई मर्यादाक्रम अनुसार आसन ग्रहन नगराएको र सम्बोधन गर्न नदिएको भन्दै सांसदद्धयले कार्यक्रम बहिष्कार गरेको थियो । बिरोधसभा कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुको हजारौको संख्यामा सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News