अपडेट 
२०७७ माघ ४, आईतवार ०८:१८

जनता समाजवादी पार्टीका कार्यकारिणी सभाका केन्द्रिय सदस्य एवम प्रदेश २ सरकारका भौतिक पुर्वाधार मन्त्रि जितेन्द्र सोनलले प्रधानमन्त्रि ओलीको असंवैधानिक कदमलाई जनताले सच्याएर नै छाडने दावी गरेकाछन ।

जसपा बाराले आयोजना गरेको वृहत जनप्रर्दशन एवम बिरोधसभालाई कलैयामा सम्बोधन गर्दै आन्दोलनको तागतले ओलीको कदमलाई साईजमा ल्याउने बताए । जनता यो देशको सर्भौम शतिmको रुपमा रहेको हुँदा जनताका जनचहनालाई पनि न्यायलयले सम्मान गरि अन्तोगतवा संसद पुनर स्थापना भएरै छाडने बताए । प्रधानमन्त्रि ओली मधेस बिरोधी रहेको बताउँदै संघियतालाई नै धराप पार्ने खाजेको आरोप लगाउदै मधेसीहरुको बलीदानीबाट प्राप्त संघिय लोकतान्त्रिक गाण्तन्त्र र संघियतालाई कायम राख्नका लागि जस्तो सुकै कुल्य चुकाउन जनता समाजवादी पार्टी र तममा मधेसी सपुतहरु तयार रहेको जानकारी दिए । नेकपाका नेता प्रचण्ड र माधव नेपालपनि केपी ओली भन्दा कम नरहेको बताउँदै नेपाली काँग्रेस पार्टीको ढुलमुले नितीका कारणले पनि ओलीलाई वल पुगेको आरोप लगाए । प्रचण्ड, नेपाल, शेरवहादुर देउवापनि सदन बिघटन गर्नेमा साक्षी रहेको उनको तर्क रहेको थियो । त्यति मात्र नभई मधेसीहरुको धर्म र सास्कृति माथि प्रहार गर्दै ओलीले अक्षम्य अपराध गरेको उनको दावी थियो ।

संविधान संशोसन नगरी मेधसी, जानजाती, आदीबासी, दलित समुदायको जनसंख्याको अधारमा समानुपातिक सहभागिता एवम अधिकार ग्यारेन्टी गरि नागरिकता बिधेयकमा समेत संशोधन गरे मात्र संसद पुनरस्थापनाका लागि नेपाली काँग्रेस, नेकपा प्रचण्ड–माधव समुहसंग जसपाको सहकार्य हुने कुरामा जोड दिए । एक फरक प्रसंगमा मन्त्रि सोनलले न्यालयलाई धम्काउने काम ओलीले गरिरहेको हुदा न्यायधिशहरुलाई प्रभावमा पार्ने काम तुरुन्त बन्द गर्ने चेतावनी समेत दिएका थिए । नेपालको एक ईन्च भुमि भारतलाई नदिने जनतालाई झुठो असोआसन बाडने ओलीले जी टिभीमा भारतिय पत्रकारले सागरमाथा भारतको हो भने दावी गर्नुपर्दछ भन्दापनि एक शब्दपनि बोल्न नसक्ने अनि खोक्रो राष्ट्रवादको कुरा गर्ने ओलीलाई जनताले नै पाखा लगाउने बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष अजय पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिधटित साँसदहरु रामसहाय यादव, रामबाबु कुमार यादव, एकवाल मिया, संविधान सभा सदस्य प्रमोद गूप्ता, प्रदेश २ सरकारको आर्थिक योजना राज्यमन्त्रि उषा यादव,प्रदेश साँसदहरु बच्चा यादव, पारस साह, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिह, उपप्रमुख पवन कुमार ब्याहुत, नेताहरु जितेन्द्र सिह, रामकिशोर यादव, श्याम गुप्ता, प्रकाश चौगाई, सुसिल यादव, पिन्की यादव, भरत खडका, डाक्टर कमरुल्लाह अंसारी, धर्मेन्द्र यादव, शिवनाथ पटेल लगायतकाले सम्बोधन गर्दे ओलीको कदमको बिरोध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News