अपडेट 
२०७७ माघ ४, आईतवार ०८:२२

धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नेपाली कांग्रेसको पुर्वघोषित कार्यक्रम अनुसार विशाल जुलुस प्रदर्शन भएको छ ।

संसद विघटनको विरोधमा विभिन्न वडाबाट नगर स्तरीय वृहत विरोध जुलुस लेखिएको प्लेकार्डा सहित महेन्द्रनगरको विभिन्न भाग परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । नगर सभापती लालबावु यादवको अध्यक्षता र नेपाली कांग्रेस क्षेत्रीय सभापती योगेन्द्र पजियारको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति पजियार अहिले कोरोणको समयमा बहुमतको सरकारलाई जनताको हितमा कामगर्नुपर्नेमा त्यो नगरी कुर्सीको लोभमा संसद विघटन गरी नेपाली जनतालाई झन मारमा पारेको छ । हामीहरुको यो आन्दोलन संसद पुन स्थापना गर्नुपर्ने रहेको छ जब सम्म यो नलायक सरकार संसद पुर्नस्थापना गर्दैन र जनताको हितमा काम गर्दै तवसम्म हाम्रो आन्दोलन वडावडा सम्म पुग्ने छ जसमा सबै नेपाली कांग्रोसको कार्यकर्ता र नेपाली जनतालाई त्यो विरोध जुलुसमा सहभागी भई विरोध गर्न आग्रह गर्नुभएको थियो । साथै कम्युनिनस्ट पार्टी फुटेकाले संसद पुनर्स्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने उनले बताए ।

कार्यक्रममा विशिष्ठ अतिथी रामदेव वनरैत यादव, नेपाली काग्रेस पुर्व सभापती मोहन माथेमा अतिथी ने.क.पा. जिल्ला सदस्य मदन घिमिरे, राम चन्द्र साहु, विरेन्द्र सिंह, महिला संघ केन्द्रीय सदस्य , नगर कमिटि सदस्य, वडासभापती लगायत नेपाली कांग्रेसको कार्यकर्ताहरुको उपस्थिती रहेकको थियो ।

Comment


Related News

Latest News

Trending News