अपडेट 
२०७७ माघ ४, आईतवार ११:३०

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७०० रुपैयाँले  घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज बजारमा तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा चाँदीको भाउ ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News