अपडेट 
२०७७ माघ ४, आईतवार १६:५१

सामाजिक सञ्जाल फेसबुकमा ग्याजेट (आईफोन, घडी, मोबाइल लगायत) विक्रीको सूचना राखेर लाखौं ठगी गर्ने गिरोहको मुख्य सदस्य पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरको विशेष टोलीले गिरोहका नेपाल प्रमुख २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पक्राउ गरेको हो । ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार उनलाई पर्साबाट शुक्रबार पक्राउ गरिएको हो । ललितपुर प्रहरीको आग्रहमा आइतबार पर्सास्थित प्रमोदको आईएमई सेन्टरमा पनि प्रहरीले छापा हानेको छ । पर्सा प्रहरीले चलाएको अपरेशनमा रकम पठाइएको कागजपत्रहरु बरामद गरिएको छ । ती कागजपत्रबाट पीडितका थप विवरण प्राप्त हुने प्रहरीको अपेक्षा छ ।

शाहसँगै यसअघि उनका सहयोगी मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनको एटीएम कार्ड प्रयोग गरेर प्रमोदले पैसा निकाल्ने गरेका थिए । दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालिएको छ । उनीहरुले कम्तिमा एक करोड रुपैयाँ ठगी गरेको प्रहरी आशंका छ ।

Comment


Related News

Latest News

Trending News