अपडेट 
२०७७ माघ ५, सोमबार ०७:५१

मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश-२ मा आज बलिदानी दिवस मनाइँदैछ ।

दिवसका अवसरमा आज प्रदेश-२ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् । तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए ।

Comment


Related News

Latest News

Trending News