अपडेट 
२०७७ माघ ५, सोमबार ०८:००

प्रदेश २ मा सुस्त रहेको बजेट खर्च पुस महिनामा बढेकोछ ।

पुस मसान्त सम्मको खर्च विवरण संकलन भइरहेको छ । मंसिर मसान्त सम्म कुल ५ प्रतिशतको हाराहारीमा खर्च भएको बजेट पुसमा धेरै बढेको बताइएकोछ । ‘मन्त्रालयहरुले धमाधम काम थालेकाले बजेट खर्च पुसमा बढेकोछ ’आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले भने, पुसमा खर्च धेरै बढेको देखिएकोछ । प्रदेश २ मा आर्थिक वर्षको प्रारम्भिक चरणमा बजेट खर्च कम हुने र असार मसान्तमा अन्धाधुन्ध खर्च हुने प्रवृती रोकिएको छैन् । ‘प्रदेशका मन्त्रालयहरुल देखिएको छैन्’मन्त्री यादवले भने, अन्तिम समयमा हतार गर्नु भन्दा अहिले नै काम थाल्नु उपयुक्त हुनेछ ।आर्थिक वर्षको प्रारम्भमा कोरोना भाइरस संक्रमणलेपनि कामकाज धेरै प्रभावित भएको उल्लेखगर्दै उनले भने, अवस्था समान्य भएसँगै विकास निर्माणको कार्यले तिव्रता पाउन थालेकोछ ।

प्रदेश सभासदहरुलेपनि बजेट बिनियोजनगर्दै कामलाई अगाडी बढाउन थालेका छन् ।तर राजनीतिक अन्यौलताले अपेक्षाकृत काम हुन सक्नेमा कर्मचारीहरुको आशंका छ । देशमा निर्वाचन घोषणा भइसकेको र आचारसंहिता लागु भएपछि नयाँ कामहरु गर्न रोक लाग्ने भएकालेपनि चालु आर्थिक वर्षको बजेट धेरै खर्च हुन नसक्ने उनीहरुको कथन छ । प्रदेश सरकार समेत आन्दोलनमा रहेकोले त्यसलेपनि प्रदेशको बजेट खर्च प्रभावित हुने संभावना रहेकोछ । आर्थिक मामिला मन्त्रालयको अनुसार सबै मन्त्रालय र निकायहरुले कामकाजलाई अगाडी बढाइसकेकोछ ।समयमै योजनाहरु कर्यान्वयन हुन नसके पछि अप्ठ्यारो हुने बताइन्छ ।

Comment


Related News

Latest News

Trending News