अपडेट 
२०७७ माघ ५, सोमबार ०८:०५

सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका–१ रामपुर बजारमा नव निर्मित पाँच शैयाको भवन अस्थायी कोरोना अस्पताल र स्वास्थ्य चौकीको एकैसाथ उद्घाटन गरेको छ ।

वडा नम्बर १ रामपुर प्रिपाका वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्यमातामा भएको अस्पतालको उद्घाटन भएको हो । उद्घाटन समाहरोहमा बोल्दै जसपाका केन्द्रिय सदस्य राजु गुप्ताले कोरोना अस्थायी अस्पताल र स्वास्थय चौकी भवनको संयुक्त रुपमा उद्घाटनले यस भेगका स्थानीय जनताका लागि गाउँपालिकाले महत्वपूर्ण काम गरेको बताए । जग्गादाताले करोडौंको जग्गादान गरेर सराहनिय र महत्वपूर्ण कार्य गरेको उनले उनले जग्गादाताको प्रशसा गरेका थिए । जग्गादाता विन्देश्वर साह हलुवाईले नेपाल सरकारबाट आब २०७६ /०७७ मा पिप्रा प्रध स्वास्थ्यचौकीलाई १५ शैयाको प्राथमिक अस्पतालको लागि सुचिकृत गरेको थियो । सो अस्पताल निर्माण गर्न १४ बर्ष अगाडी स्थानीय विन्देश्वर साह हलुवाईले २ करोड ७६ लाख मूल्य बराबरको ७ कठ्ठा जग्गा दान गरेको थियो ।

जग्गादाता साह र गाउँपालिकाको अस्पताल बनाउने सपना रहेपनी अस्पतालका लागि थप साढे सात कठ्ठा जग्गा चाहिएको हुँदा अस्पताल बन्न नसकेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए । दर्ता गर्दा उक्त भवन स्वास्थ्य चौकीको नामबाट दर्ता भएको छ साथै जग्गा अपुग भएकोले अस्पताल बन्न नसकेको अध्यक्ष साहले जानकारी दिए । एक पालिकामा एक अस्पताल बनाउने सरकारको लक्ष्य छ ,गाउँपालिकाबाट कर्मचारी ब्यबस्थापन गर्न हामी लागि परेका छौ , उनले थपे सरकारको मापदण्डमा परेको खण्डमा सो भवन स्वास्थ्य चैकीबाट अस्पताल बनाउन गाउँपालिकाले कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष सहले बताए । जग्गादान गरेर स्थानीय विन्देश्वर साहले प्रसंशनिय काम गरेको छ, उहाँलाई पुस्तै पुस्ताले सम्झिरहने छ र पालिकाले पनि सदैव सम्मान गर्ने अध्यक्ष साहको भनाई रहेको थियो ।

वडा नम्बर ६ का वडा अध्यक्ष राजेश्वर साह सुडि , २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवार , ५ का वडा अध्यक्ष देवकुमार यादव , नेकपाका नेता बिरेन्द्रकुमार साह , समाजसेवी अशोक मण्डल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकासंले अस्पतालका लागि चिया बेचेरै करोडौको जग्गादान गर्ने विन्देश्वर साह हलुवाईको प्रसंशा र सम्मान गरेका थिए । स्वास्थ्य संस्था जिवनदान दिने संस्था हो भन्दै वक्ताहरुले जग्गादान गरेर उहाँले समाजमा महत्त्वपूर्ण एतिहासिक कार्य गरेको बताएका थिए । यता जग्गा दाता साहको उक्त कार्यक्रममा उपस्तिथिती थिएन । उहाँ संग पत्रकारको एक टोलिले तपाईको उपस्थिति उदघाटन कार्यक्रममा किन भएन सोधपुछ गर्न जादा जग्गादाता साहले भने मेरो सपना अस्पताल बनाउनु हो , मैले नेपाल सरकार संग १५ शैयाको अस्पताल बनाउनका लागि सुचिकृत पनि गरेको छु तर राजनीतिक खिचातानी र विवादले स्थानीयतहले स्वास्थचौकि र कोरोना अस्पतालमा परिणत गरेपछी म उक्त कार्यक्रममा सहभागी नभएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News