अपडेट 
२०७७ माघ ५, सोमबार ०८:१५

जनकपुरधाम उप–महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक आइतवार सम्पन्न भएको छ ।

जनकपुरधाम उप– महानगरपालिकाका मेयर लालकिशोर साहको अध्यक्षतामा बसेको बैठकवाट वर्तमान विपद् को समयलाई कसरी छल्ने सम्वन्धमा छलफल भएको हो । सो बैठकमा उप–मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार ढकाल, शिक्षा महाशाखाका प्रमुख मिहिलाल यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत कार्यालयका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । सो बैठकवाट विभिन्न तीन निर्णयहरु गरिएको हो । सो बैठकवाट शिलतहरलाई मध्यनजर गरी नगर स्तरीय विपद् व्यवस्थापन कोषवाट खर्च बेहोरने गरि तत्काल कम्वर, म्याच र दाउरा खरिद गरी विपन्न र असहाय नागरिकलाई वितरण गर्ने तथा यस जनकपुरधाम उप– महानगर क्षेत्र भित्र ठाउँ ठाउँमा दाउरा उपलव्ध गराई चिसो न्युनिकरणमा सहयोग गर्ने गरि सवै निकाय विच समन्वयातमक तवरले दाउरा, कम्वल र म्याट वितरण गर्ने निर्णय गरेको हो , त्यस्तै सो बैठकवाट चिसो तथा आगलागीवाट प्रभावित हुन सक्ने बालबालिका, महिला, पुरुष तथा सरोकारवलाहरुलाई सजक तुल्याउन चेतनामुलक विज्ञापनहरु, पत्रपत्रिका, एफएम रेडियो, जिंगल निर्माण तथा प्रचार प्रशार गर्ने निर्णय समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News