अपडेट 
२०७७ माघ ५, सोमबार ११:४२

हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो । आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी २० लाख मूल्य बढीको क्षति भएको उहाँले बताउनुभयो।

Comment


Related News

Latest News

Trending News