अपडेट 
२०७७ माघ ५, सोमबार १६:१६

विपक्षिले आन्दोलनको माहोल तताइरहेका बेला सप्तरीमा नेकपाको सत्तापक्षले समेत शक्ति प्रर्दशन गर्ने भएको छ ।

आगामी ८ माघ र १३ माघमा ठूलो सभाको आयोजना गर्ने सत्तापक्षिय नेकपाले तय गरेको छ । यसबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेकपा (ओली समूह) प्रदेश २ का सचिवसमेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले माघ ८ गते यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा राजविराजमा यूवाहरुको ¥याली तथा प्रदर्शन र प्रशिक्षण तथा १३ माघमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा विशाल आमसभाको आयोजना गर्ने तय भएको जानकारी दिएका छन् । दुबै कार्यक्रममा २० हजार भन्दा बढी जनताको सहभागिता रहने दाबी गरेका उनले प्रदर्शन र सभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । सो क्रममा उनले प्रधानमन्त्री ओलीले नेपालमा अस्थिरता निम्त्याउन सक्रिय देशी र विदेशीको षडयन्त्र असफल पार्न प्रतिनिधिसभा भंग गर्न बाध्य भएको जिकिर गर्दै उनको कदमको बचाउ गरे ।

प्रतिनिधिसभा भंग गरेर स्वदेशी र विदेशीको चाललाई प्रधानमन्त्री ओलीले परास्त गरेका छन्, नेता सुमनले प्रश्न थप्दै भने, जनताको नासो जनतालाई नै सुम्पिदा कसरी असंबैधानिक भयो ? उनले मुलुकमा हालसम्म ३८ वटा प्रधानमन्त्री भइसकेपनि राष्ट्रियता र जनताको हितका लागि ३७ वटा प्रधानमन्त्रीले गर्न नसकेका कामहरु अहिले प्रधानमन्त्री ओलीले गरेर देखाइदिएको दाबी पनि गरे । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला प्रवक्ता सुखराम यादवले माघ १३ गतेको आमसभामा उपप्रधानमन्त्री पोखरेलका साथै सहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेल र रघुबिर महासेठ समेत सहभागि हुने जानकारी दिए ।

कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न स्वागत, जनपरिचालन, स्वयसेवक, मञ्च व्यवस्थापन, प्रचारप्रसार लगायत एक दर्जन उपसमिति निर्माण गरि युद्धस्तरमा तयारी काम भइरहेको प्रवक्ता यादवले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News