अपडेट 
२०७७ माघ ५, सोमबार १६:२०

संसद विघटन बिरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले सोमबार सप्तरीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै सदरमुकाम राजविराजमा बिरोध प्रदर्शन गरिएको हो ।

स्थानिय शिवमन्दिरको प्राङ्गणबाट टाउकोमा कालो पट्टी बाधेर जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिनिधिसभा पुर्नस्थापनाको मागका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनपछि संघर्ष समिति राजविराज नगर कमिटिका संयोजक केदार देवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव, केन्द्रिय सदस्य मो. गणि, जिल्ला इन्चार्ज अशोक कुमार मण्डल लगायतले सम्बोधन गर्दै नेपाली जनताको रगतबाट स्थापित भएको अधिकारलाई प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग मिलेर षडयन्त्र गरि खोस्न लागेको आरोप लगाउदै आन्दोलनबाटै गलत कदम सच्याउन बाध्य पार्ने चेतावनी दिए । प्रदर्शन र सभामा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News