अपडेट 
२०७७ माघ ५, सोमबार १७:५५

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मधेशी सहिद प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ ।

प्रत्येक वर्ष माघ ५ गत्ते प्रदेश २ सरकारले मनाउँदै आएको बलिदानी दिवसलाई यसवर्ष पनि निरन्तरता दिँदै सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा, मुख्यमन्त्री राउतले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको नाममा मधेशी सहिद प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ । सहिदहरुको बलिदानीले आज देश संघिय प्रणालीमा जान सफल भए बावजुद सहिद परिवारको स्थिती राम्रो अवस्थामा नरहेको उहाँले जनाउनुभयो । तसर्थ, सहिद परिवारले पाउनु पर्ने प्रमाण पत्र, परिचय पत्र लगायत अन्य सुविधाहरु सरल रुपमा उनिहरुलाई प्रदान गर्न प्रतिष्ठान गठन गर्ने बताउनुभयो । साथै प्रतिष्ठान गठन भए पश्चात शहिद परिवारका सदस्यलाई उक्त प्रतिष्ठानमा पद बहालीसमेत गर्ने र उहाँहरुकै विचार विमर्श अनुरुप प्रतिष्ठानलाई अगाडि बढाउने मुख्मन्त्री राउले आश्वासन दिनुभयो । त्यस्तै, आगामी दिनमा प्रदेश सरकारले लोकसेवा मार्फत सहिद परिवारको सदस्यलाई सरकारी जागिरको व्यवस्था समेत मिलाउने उल्लेख गर्नुभयो ।

प्रदेश २ सरकारले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा प्रदेश २ मा रहेका सहिद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै जनही नगद २५००० प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News