अपडेट 
२०७७ माघ ६, मंगलवार ०७:३१

विश्वभरमा ६ करोड ८५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा ६ करोड ८५ लाख ५० हजार ५२३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड ५९ लाख ७४ हजार ७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ४८ हजार २५७ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ५३ लाख ७५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ४६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४५ लाख ३७ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ८ हजार ५०२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म १ करोड ५ लाख ८२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड २ लाख २७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ५९३ जना पुगेको छ । नेपालमा हालसम्म २ लाख ६७ हजार ६४४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ६१ हजार ८१८ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९६५ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News