अपडेट 
२०७७ माघ ६, मंगलवार ०८:०८

जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले रमेश महतो लगायत मधेशकालागि बलिदानी दिने शहीदहरुको बलिदानी मधेश जन्मजन्मान्तर सम्म स्मरण गर्ने बताएका छन् ।

प्रदेश २ सरकारले सोमवार जनकपुरधाममा आयोजना गरेको बलिदानी दिवस कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले शहीदहरुको शहादत खेर नजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । वर्तमान केपी शर्मा ओलीको सरकार प्रतिगमन तिर गएको भन्दै मेयर साहले शहीदहरुले देखेको सपना सकार गर्नकालागि एक भई प्रतिगमन विरुद्ध उत्रने संकल्न गर्न आग्रह गरेका थिए । अहिले यस्तो कुनै शक्ति छैन् जो संघीय लोकतान्त्रिक गणतन्त्र जति उपलव्धि प्राप्त गरेका छन् र बाँकी रहेको उपलव्धिहरुकालागि अहिले पनि संघर्ष जारी रहेको उनले बताए । मधेशलाई अधिकार सम्मत बनाउनकालागि विर मधेशी पुत्रहरुले सहादत दिएको बताउँदै मेयर साहले उनीहरुले देखेको सपना सकार नभए सम्म संघर्ष जारी रहने उद्दघोष समेत गरेका थिए । मधेशी, दलित, आदिवासी, जनजाति, अतिसिमान्तकृत लगायतलाई खसवादी प्रवृतिका व्यक्तिहरु अधिकारवाट बञ्चित गरि शासन शोषण गर्न अहिले पनि उद्दत रहेको आरोप लगाए । सद्न विघटन गर्नु दुर्भाग्यपूर्ण रहेको चर्चा गर्दै मेयर साहले यो दुर्भाग्यपूर्ण कदम रहेका बताएका थिए ।

सद्नलाई समयमा पूर्नस्थापन गर्न सुझाव दिँदै मेयर साहले समयमा पुर्नस्थापन नगरिए आन्दोलनको बलमा संसद् पुर्नस्थापना हुने र मधेशमा आन्धिवेरी आउने चेतावनी समेत दिएका थिए । सदन विघटन सम्वन्धि मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको र अदालतवाट न्याय पाउने समेत विश्वास व्यक्त गरेका थिए । सर्वोच्च अदालतले गैर संवैधानिक कदमको विरुद्धमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको बताए । शहीदहरुका स्मझनामा जनकपुरधाम उप–महानगरपालिका जनकपुरधामको मुजेलिया स्थित शहीद गेट समेत निर्माण गरि रहेका छन् । शहीदहरुको शहादतको बलमा मधेशमा मधेशी पार्टीको सरकार रहेको र शहीदहरुको सम्मानमा कुनै त्रुटि नहोस तथा शहीदहरुलाई सम्मान पछिनै जनकपुरधाममा प्रवेश गर्नेहरु प्रवेश गरोस भनेरनै जनकपुरधामले शहीद गेट निर्माण गर्दैछन् । अगामी असाढ महिना सम्म सो गेट निर्माण भई सक्ने अनुमान लिइएको छ ।

Comment


Related News

Latest News

Trending News