अपडेट 
२०७७ माघ ६, मंगलवार ०८:१२

जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगडियाले मधेसी सहिदको बलिदानी खेर नजाने दावी गरेका छन् ।

मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा संसदिय सम्पर्क कार्यालय जनकपुरको भानु चौकमा आयोजना गरेको बलिदानी कार्यक्रममा बोल्दै प्रमुख सचेतक अरगडियाले मधेसी सहिदहरुको बलिदानीका कारण मुलुक संघियतामा आएको बताए । यद्यपी, सहिदहरुको मर्म र भावना प्रति पार्टी अझै गम्भिर हुनु पर्ने आवश्यकता रहेको बताउँदै प्रमुख सचेतक अरगडियाले भने – ‘पार्टीका उच्च नेताहरु नै सहिद परिवारलाई अवमूल्यन गर्दै आएको छ । तर पनि आफुहरु उनीहरुको लागि सक्दो सहयोग दिनरात लागि परेका छौं । सहिदहरुले दिएको भ्यान्डेड अनुरुप कार्य गर्न मधेसवादी नेताहरु लचिलो हुनु पर्नेमा जोड दिदैं प्रमुख सचेतक अरगडियाले भने – प्रदेश नम्बर २ को मधेसवादी दलको सरकार समेत सहिदहरुको देन हो । यसलाई कस्ले कहिले पनि बिर्सनु हुन्न ।

मधेसवादी दलका केहि उच्च नेताहरुले भागवण्डा अनुरुप प्रदेस सरकारको मन्त्रि नियुक्त गरिएको कारणले समेत प्रदेस मन्त्रिहरु केन्द्रिय नेता रिझाउनमै तल्लिन रहेको टिप्पणी गरे । धनुषा क्षेत्र नं.२ का जसपा ेता किशोरी यादवको अध्यक्षतामा आयोजित बलिदानी कार्यक्रममा जसपा नेता कमलदेव मण्डल, सोरज मण्डल, उदय यादव, जोगेन्द्र दास, विपिन्न देव यादव, इन्दु नारायण मण्डल, पवन कुमार मण्डल, रामचन्द्र चोरवार, दिव्या देवी दास, सरोज कुमार मण्डल, प्रमोद कुमार मण्डल, मनोज कुमार दास, मनोज साह, विनोद रोहिता, मनिक लाल मण्डल, दिपेश यादव, रामजुलुम यादव लगायका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News