अपडेट 
२०७७ माघ ६, मंगलवार ०८:१८

रौतहट । माधव नेपाल प्रचण्ड समुहका नेकपाका प्रदेश २ का प्रदेश सदस्य एवं गौर नगरपालिकाका पुर्व नगर प्रत्यासी शम्भु साहले विघटन भएको प्रतिनिधि सभाको जीवित गर्न बलिदानी दिन तयार रहेको बताउनु भएको छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा उत्रेका नेकपाले घोषणा गरेको विरोध कार्यक्रम अन्तर्गत गौरमा आयोजना गरिएको विरोध सभामा सम्वोधन गर्दै नेता साहले लोकतन्त्रको रक्षा गर्नको निमित नेपाली जनता आफ्नो जुन सुकै कुर्वानी तयार रहेको उदघोष गरे । उनले भने आन्दोलन गरेर ल्याएको उपलव्धि गुम्न दिदैनौ प्रधानमन्त्री ओलीले तानाशाहको रवैया देखाउदै एकतर्फी रुपमा सांसद विघटन गरेको जिकिर समेत गरे । पुर्खाहरुले विभिन्न कालखण्डमा नेपालमा प्रजातन्त्र , लोकतन्त्र र संघियताको लागि हामीले आफ्नो सन्तानको भविष्यको लागि गरेको आन्दोलनको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको प्रस्ट परे । संविधानमा नभएको व्यवस्थालाइ ओलीले बलपूर्वक सांसद विघटन गरेकोले सर्वोच्च अदालतले नेपाली जनताको भावनाको सम्मान गर्ने विस्वास व्यक्त गरे । अहिलेको आन्दोलन टेलर मात्र भएकोले आगामी दिनमा हुने बृहद आन्दोलनले ओली प्रस्ट हुने ठोकुवा गरे । युवा नेता साहले आफ्नो अधिकार र संविधानको रक्षाको लागि टाउकोमा कफन बाधेर तयार रहन सम्पूर्ण कार्यकर्तालाइ आग्रह गरे ।

आफ्नो पदीय स्वार्थको लागि संविधान कानुनको उलंघन गरेको ओलीको कार्य अलोकतान्त्रिक असंवैधानिक रहेको दावी साहको रहेको छ । २४० बर्षको निरंकुश शासन फाल्न नेपाली जनता सक्षम भएको इतिहास रहेको अवस्थामा ओलीलाइ फाल्न तयार रहेको चेतावनी दिए । युवा नेता प्रकाशले शहिद परिवारलाइ गरे सहयोग मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको स्मृतिमा मनाउदै आएका बलिदानी दिवसका दिन रौतहटका मधेशी सुपुत्रको नेताहरुले सम्झना नगरे पनि युवा नेता प्रकाश भाइ मधेशियाले शहिद परिवारलाई आज सहयोग गरेर शहिद प्रति सम्मान प्रकट गरेका छन् । तत्कालिन संघीय समाजवादी फोरम पार्टीका विद्यार्थी संगठनका नेतृत्व गरेका युवा क्रान्तिकारी र आन्दोलनकारी नेता प्रकाशले बलिदानी दिवसको अवसरमा शहिद प्रति माल्यार्पण गरि श्रदासुमन अर्पण गरेका हुन् । विधार्थी युनियनका केन्द्रिय सदस्य ललन यादव र प्रकाश भाइ मधेशियाले संयुक्त रुपमा मधेश आन्दोलनमा ज्यान गुमाएका शहिद प्रति भावपूर्ण श्रदान्जली दिदै मधेश आन्दोलनको कारण सत्तामा पुगेका नेताहरुले आजको दिन शहिद परिवारलाइ सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे ।

विभेद असमानताको विरुद्ध २०६२।०६३ मा भएको मधेश आन्दोलनमा दिएका बलिदानीको अहिले सम्म सम्मान हुन् नसकेको जिकिर गरे । युवा नेता प्रकाशले नेपाल सरकार मधेशी जनता प्रति शोसन गर्दै आएको बताउदै मधेशका जनता अधिकारबाट अहिले सम्म बन्चित रहेको बताए । आन्दोलनको कारण प्रदेश २ मा मधेशी नेतृत्वको सरकार बनेकोले सरकारले मधेशी शहिदको परिवारलाइ सम्मान गर्नु पर्ने बताए । मधेशी जनाधिकार फोरम नेपालको नेतृत्वमा संयुक मधेशी लोकतान्त्रिक मोर्चाले आव्हान गरेको आन्दोलनको क्रममा प्रहरीको गोलिका शिकार भएर ज्यान गुमाएका रौतहटको इशनाथ नगरपालिकाका महुलिया निवासी राज किशोर ठाकुरको घरमा पुगेर प्रकाश र ललन यादवले न्यानो कपडा , खाद्यान्न सामग्री तथा शैक्षिक सामग्री दिएका छन् । आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दुवै जनाले बलिदानी दिवसको अवसरमा शहिद परिवार लाइ सहयोग गरेका हुन् ।

मधेश आन्दोलनमा ज्यान गुमाएका शेख मैरुदीन , शम्स तव्रेज आलम , विद्यानन्द यादव ,श्री भगवान पटेलका परिवारको अवस्था दैनिय भएपनि मधेशी नेताहरुले ध्यान दिन सकेका छैन । पर्व ,उत्सवको समयमा शहिद परिवारहरुलाई सहयोग गर्नु पर्नेमा त्यस्तो चेतना नेताहरुमा नदेखिएकोले शहिद परिवार नेताहरु प्रति आक्रोशित भएको देखिन्छ । शितलहरको समयमा विभिन्न संघ सस्थाहरुले वितरण गर्ने राहतमा पनि शहिद परिवारलाइ बन्चित गर्ने गरेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News