अपडेट 
२०७७ माघ ६, मंगलवार ०८:२१

गौर । माधव–प्रचण्ड समुहका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले सोमवार रौतहट जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रतिनिधि सभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा आन्दोलनमा उत्रेका नेपाल–प्रचण्ड पक्षको समर्थकहरुले पुर्व घोषित ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको हो । गौर नगरपालिका , राजदेवी नगरपालिका र यमुनामाइ गाउँपालिकाका संयुक्त आयोजनामा निकालिएको विरोध रैलीमा सहभागी भएका कार्यकर्ताहरुले आफ्नै पार्टीका प्रधानमन्त्रीको विरुद्धमा चर्को नारावाजी समेत गरेका हुन् । गौर राइस मिलको मैदानबाट निस्केको विरोध रैली नगर परिक्रमा गर्दै मधेशी क्रान्ति चौकमा कोण सभामा परिणत भएका थिए । कोण सभामा सम्वोधन गर्दै पुर्व उर्जा राज्य मन्त्री सत्य नारायण भगत बिनले दुइ तिहाई बहुमतको सरकारका प्रधानमन्त्री ओलीले संविधानको धज्जिया उडाएको टिप्पणी गरेका छन् । अहिलेको आन्दोलन टेलर मात्र भएको भन्दै भगतले नेपाली जनताले गर्ने आधि बेहरी आन्दोलनमा ओली लगायत साथमा बस्ने सहयोगीहरुको पतन हुने दावी गरे ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान सांसद एवं शहरी विकास मन्त्री प्रभु साह प्रति व्यंग गर्दै कथित विकास पुरुषको संज्ञा दिनेको समाप्ति नेपाली जनताले गर्ने बताए । पौराणिक युगमा अहम गर्ने रावण , कंसको पतन भएको उदाहरण दिदै नेकपाका नेता विनले जनताको आन्दोलनको जगमा स्थापित भएको संघियता , लोकतन्त्र ,गणतन्त्र ,समानुपातिक समावेशी सहभागिताको अन्त्य गर्ने कुचेष्टा गरेका ओलीको सर्वनाश पक्कै हुने विश्वास व्यक्त गरे । कोण सभामा नेकपाका नेता भिखारी प्रसाद यादवले ओलीको असंवैधानिक कदमको जनताले असफल बनाउने बताए । उनले सडकबाट नेपाली जनताले आफ्नो गुमेको अधिकार सांसद पुनर्स् थापना गरेर छाड्ने ठोकुवा गरे । जनताको मतको कदर नगर्ने ओली तानाशाहको रुपमा प्रस्तुत भएको आरोप लगाउदै लोकतन्त्रको रक्षाको लागि नेपाली जनताले आफ्नो बलिदानी दिन तयार रहेको उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News