अपडेट 
२०७७ माघ ६, मंगलवार १२:१६

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवेदनउपर आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । आज पनि रिट निवेदक तथा उनका कानुन व्यवसायीहरुले बहस गर्दैछन् । वृहत पूर्ण इजलास कि संवैधानिक इजलासमा सुनुवाइ हुने टुंगो लागेपछि यही आइतबारदेखि संवैधानिक इजलासमा बहस भइरहेको छ । रिट निवेदकहरुको बहस सकिएपछि सरकारका तर्फबाट बहस हुनेछ । रिट निवेदकहरुको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुको संख्या दुई सयभन्दा अधिक भएपछि इजलासले बहस व्यवस्थापन गर्न आग्रह गरेको छ ।

इजलासले समयमा बहस नसकिए फैसला आउन निकै समय लाग्ने भएकाले समय छोटयाउन आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News