अपडेट 
२०७७ माघ ६, मंगलवार १६:२७

नेपालमा मंगलबार थप ३४८ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म १९६९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४४१ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६२ हजार २५९ जना निको भएका छन् ।

हाल नेपालमा ३७ सय ६४ जना आइशोलेशेनमा छन् भने १९० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख २१ हजार ७१४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News