अपडेट 
२०७७ माघ ७, बुधबार ०७:५७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का मुख्यमन्त्री शेरधन राइ बिरुद्ध सो पार्टीकै सभासदहरुले लगाएको अविश्वास प्रस्ताव उपर छलफलगर्न बुधवार प्रदेश सभाको बैठक बोलाइएको छ ।

प्रदेश १ को प्रदेश सभामा ९३ सदस्य रहेका छन् ।त्यस मध्ये नेकपाको ६७ जना सभासद रहेका छन् ।नेकपा प्रचण्ड–नेपाल समुह संसदीय दलको मंगलवार बसेको बैठकमा ३३ जना सभासदको उपस्थिति रहेको थियो । दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको प्रदेश सांसद राजेन्द्र राईले बताए । संसदीय दलका उपनेता टंक आङबुहाङलगायत ५ जना काठमाण्डुमा रहेकाले बैठकमा ३३ जना उपस्थित भएको उनले दावी गरे । तर अविश्वास प्रस्ताव पास गर्न ४७ जना चाहिने भएकाले ३८ जना भएपनि प्रचण्ड–नेपाल समुहको एकल प्रयासबाट संभव देखिदैन् । नेपाली काँग्रेस संसदीय दलको मंगलवार बसेको बैठक निष्कर्षहिन भएपछि प्रचण्ड–नेपाल समुह तनावमा देखिएको छ । ‘आफूहरु मुख्यमन्त्री पद छाड्न पनि तयार छौं’ सभासद राइले भने, अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने कानुनी व्यवस्थाका कारण भीम आचार्यको नाम प्रस्ताव गरे पनि सबै विकल्प खुला राखेका छौ ।

राइका अनुसार ५ जना सभासद अझै तटस्थ रहेकाले उनीहरु आफ्नो पक्षमा आए अविश्वास प्रस्ताव पारित गर्न अन्य दलको सहयोग चाहिने छैन् ।तर पनि मुख्यमन्त्री पद समेत छाडेर अविश्वास प्रस्ताव पारित गर्न काँग्रेसलाई आग्रह गरेको उनले बताए । प्रदेशमा काँग्रेसको २१ ज्ना सभासद रहेका छन् ।दलको बैठकले निर्णय लिन नसकेपछि बुधवार बिहान फेरी बस्ने दलका नेता राजीव कोइरालाले बताए । ‘हतारिएर निर्णयमा पुग्नुपर्ने अवस्था रहेको छैन् ’ उनले भने ‘अविश्वासको प्रस्तावले लामो प्रोसेस लिने भएकाले हामी ‘छलफल गर्दैछौं ।’ संसदमा टेबल नभई अगाडि बढ्न नसक्ने बताउँदै उनले भने, ‘ टेबल भएपछि एउटा कोर्स लिन्छौं ।’ अविश्वास प्रस्तावको प्रकृया अगाडी बढाउन बैठक डाकिएपनि मतदानमा जान केहि समय लाग्ने भएकोछ ।काँग्रेस, नेकपा प्रचण्ड–नेपाल समुहको बिरोध प्रदर्शन र मुख्यमन्त्री राइको बिहा हुने भएकाले त्यसपछि मात्र अविश्वास प्रस्ताव प्रदेश सभामा छलफलका लागि अगाडी बढनेछ । नेपाली काँग्रेसले केन्द्र स्तरमा समेत निर्णय गरिनसकेकाले प्रदेशमा अन्यौल रहेकोछ ।

प्रदेशका नेताहरु प्रचण्ड–नेपाल समुहसित मुद्दा मिलेकोले सहकार्यपनि गर्न सहज हुनेमा जोड दिएका छन् ।दलको बैठकमा केहि सभासदहरुले मुख्यमन्त्री माग गर्ने र नभए राम्रा मन्त्रालय लिएर भएपनि सरकारमा सहभागि हुने धारणा राखेका थिए । बागमती प्रदेशमा पनि अविश्वास प्रस्ताव उपर छलफल गर्न बुधवार प्रदेश सभाको हिउँदे अधिवेशन बोलाइएकोछ ।मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध लागेको अविश्वास प्रस्तावलाइ विफल बनाउने सभासद मुख्यमन्त्रीसित छैन् ।अविश्वास लगाउने प्रचण्ड–नेपाल पक्षसितपनि बहुमत छैन् ।काँग्रेसको हातमा सत्ताको साँचो छ । काँग्रेस अझै निर्णयमा पुगेको छैन् ।काँग्रेस सभापति शेरबहादुर देउवा ओली समुहलाइ सघाउने पक्षमा छन् ।तर वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड–नेपाल समुहसित सहकार्यगरि सबै प्रदेशमा अगाडी बढनु पर्ने बताउँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News