अपडेट 
२०७७ माघ ७, बुधबार ०८:११

पर्सा राष्ट्रिय निकुुञ्जको मध्यवर्ति क्षेत्रसँग जोडिएको बनमा ब्यापक काठ दोहनको गुुनासो आएपछि निकुुञ्जको प्रमुुख सहितको टोलीले अनुुगमन गरेको छ ।

निकुुञ्जको पश्चिम ,दक्षिणपट्टी भेड्हा खोलाको साजसिमाना बनमा काठ चोरी निकासी र जथाभाबी नदीजन्य पदार्थ उत्खनन् भईरहेको खबर आएपछि पर्सा राष्ट्रिय निकुुञ्जको प्रमुुख मनोज साह सहितको टोली त्यहाँ पुुगेको जनहित उपभोक्ता समितीका अध्यक्ष अमृत लाल श्रेष्ठले जानकारी दिनुुभयो ।टोलिले अनुुगमनको क्रममा पर्सा राष्ट्रिय निकुुञ्जको क्षेत्रसँग जोडिएको डिभिजन बन कार्यालय ,पर्साको क्षेत्रमा छाप्रो बनाएर नै नदीजन्य पदार्थको नियम बिपरित उत्खनन् र काठ जथाभाबी काटिएको फेला परेका छ । यही क्रममा काठ र नदीजन्य पदार्थको दोहनको क्रम रहेमा पर्सा राष्ट्रिय निकुुञ्जको क्षेत्र पनि अछुुतो नहुुने डरले आफुुहरु अनुुगमन गरेको जनहित उपभोक्ता समितीका अध्यक्ष श्रेष्ठले बताउँनुुभयो ।

टोलीमा डिभिजन बन कार्यालय पर्साका प्रमुुख फरमान अंसारी ,सबैया साझेदारी बनका अध्यक्ष ,नेपाली सेनाका मेजर , पर्सा राष्ट्रिय मध्यवर्ति क्षेत्र जनहित उपभोक्ता समिती मातहतका चारवटै मध्यवर्ति सामुुदायिक बन समुुहका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News