अपडेट 
२०७७ माघ ७, बुधबार १५:०४

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (बिहीबार) भोलि नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ह्रदयेश त्रिपाठीले भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने जानकारी दिनुभएको हो ।  कार्यक्रममा मन्त्री त्रिपाठीले खोप कार्यक्रमका लागि कानुनी, प्रशासनिक र आर्थिक सबै तयारी पूरा भइसकेकाले चाँडै खोप अभियान सुरु गर्ने बताउनुभयो । उहाँले विश्वमा भर्खरै विकास भएको कोरोनाविरुद्धको खोप स्वास्थ्य सामग्रीमा मात्रै सीमित नरहेर राजनीतिक सामग्रीको रूपमा समेत देखिएकाले यसको उपलब्धताको लागि राजनीतिक रूपमा पहल हुने बताउनुभयो । 

मन्त्री त्रिपाठीले नेपालको ७२ प्रतिशत मानिसलाई खोप दिनुपर्ने आँकलन सरकारले यसअघि नै गरिसकेको भन्दै पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेकाहरूलाई खोप दिने बताउनुभयो ।  थप खोप खरिद तथा प्राप्तिका लागि पनि पहल भइरहेकाले चाँडै थप खोप ल्याएर आम मानिसलाई लगाउने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।   

Comment


Related News

Latest News

Trending News