अपडेट 
२०७७ माघ ८, बिहीबार ०७:५०

बारामा समाजिक सञ्जालमार्फत ठगि गर्ने गिरोहका एक जना पक्राउँ परेका छन् ।

पक्राउँ पर्नेमा प्रसौनी गाउँपालिका वडा नं.४ बंजरिया टोल बस्ने वर्ष २७ को भोला महतो रहेका छन् । सामाजिक संजाल वाट्स एप र ईमोको माध्यमबाट महागढीमाई नगरपालिका वडा नं.३ बस्ने दिपेन्द्र प्रसाद जयसवालसँग १ लाख ७५ हजार रुपैया उनले ठगी गरेका थिए । रू.२५ लाख चिठ्ठा परेको छ उक्त रकम प्राप्त गर्न अग्रिम रू.१ लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन देखाई उक्त रकम ठगी गरी महतो फरार रहदै आएका थिए । पक्राउँ परेकामाथि ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट हिरासतमा राख्न पहिलो पटक ७ (सात)दिनको को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News