अपडेट 
२०७७ माघ ८, बिहीबार ०७:५३

रौतहटकाको चन्द्रपुरमा बिद्यार्थीहरुको लागि स्वास्थ्य शिविर आयोजना गरिएको छ । चन्द्रपुर– ५ स्थित माउण्ट एभरेष्ट आबासिय माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको लागि स्वास्थ्य शिविर शुरु गरिएको हो ।

बुधबार माउण्ट एभरेष्ट आबासिय माध्यमिक बिद्यालयले जनता सामुदायिक अस्पतालको सहयोगमा बिद्यार्थीहरुकोे लागि स्वास्थ्य शिविर शुरु गरेकोे हो । जनता सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक अखिलेश्वर चौधरीले आँखा लगायत अन्य रोग बाट बिद्यार्थी ग्रसित हुन नदिने उद्येश्यले अस्पतालले आँखा तथा स्वास्थ्य जाँच गर्न लागिएको बताए । जनता सामुदायिक अस्पतालले चन्द्रपुर नगरपालिका भरिकै सम्पुर्ण निजि तथा सरकारी बिद्यालयमा स्वास्थ्य शिविर संचालन गर्न लागेको उनले बताए ।

कार्यक्रम जनता सामुदायिक अस्पतालका बालरोग बिशेषज्ञ डाक्टर रञ्जित सिह, आखा रोग बिशेषज्ञ डाक्टर अशोक बन्ठाद्धारा सम्पुर्ण बिद्यार्थीहरुको जाच गरिएको बिद्यालयका संचालक उमेश प्रसाद बास्कोटा जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News