२०७७ माघ ८, बिहीबार ०७:५७

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महेन्द्र राय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधानको ठाडो उलंघन गरि असंवैधानिक ,अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेको भएको बताउदै संसद पुनर्स्थापना हुनुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय इन्जिनियर संघले सर्लाही सदरमुकाम मलंगवामा बुधबार आयोजना गरेको देशको समसमायिक राजनीतिक अवस्था एवं इन्जिनियरहरुको भुमिका विषयक अन्तरक्रिया कार्यममा यादवले राष्ट्र निर्माणमा इन्जिनियरहरु महत्वपुर्ण भुमिका हुने बताए ।

इन्जिनियर मुकेश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले देश विकासकालागि इन्जिनियरहरुको भुमिकाबारे प्रसंसा गरेका थिए । मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा राष्ट्रिय इन्जिनियर संघका केन्द्रीय उपाध्यक्ष राम विनोद राय, जसपा केन्द्रीय सदस्य लालबाबु साह, मिना यादव लगायतका सहभागि थिए ।

Comment

Related News

Latest News

Trending News