अपडेट 
२०७७ माघ ८, बिहीबार ०९:२०

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनको घटनालाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको संज्ञा दिँदै देशव्यापी संघर्ष र आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

१९ पुसमा बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणअन्तर्गत पुस २५ र माघको ३ तथा ८ गतेका लागि विरोधका कार्यक्रम तय गरेको थियो । कांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । त्यसअगाडि कांग्रेसले १३ पुसमा एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । कांग्रेसले बिहीबार (आज) देशका सबै वडामा -याली र सभा गरेर प्रतिनिधि सभा विघटनको विरोध गर्ने भएको छ । । देशभरका ६ हजार ७ सय ४३ वटै वडामा कांग्रेसले एक साथ संसद् विघटनको विरोध गर्न लागेको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै सभापति शेरबहादुर देउवाले हरेक घरघरबाट सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गर्नुभएको छ । विरोध कार्यक्रममा कोभिड- १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गरिने कांग्रेसले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News