अपडेट 
२०७७ माघ ८, बिहीबार १०:३१

तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार एकाबिहान दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ३ बजेतिर सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली खण्डमा प्रदेश २–०१–००१–प.६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही वडा निवासी २१ वर्षिय शिवेन्द्र साह र २५ वर्षिय अरबिन्द यादव रहेका छन् । मोटरसाइकलमा सवार अर्का यूवा सोही वडा निवासी २० वर्षिय सुनिल चौधरी गम्भिर घाइते भएका छन् । चँैधरीको यहाँस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।

अर्नाहातर्फ साथीको विवाहमा सहभागि हुन तीन जना चढेर जाँदै गर्दा तथा तिब्रगतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतक दुबैको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News