अपडेट 
२०७७ माघ ८, बिहीबार १३:४४

भारत सरकारले अनुदानमा उपलब्ध गराएकाे कोरोना भाइरसविरुद्धको खाेप नेपाल भित्रिएकाे छ ।

एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको १० लाख डाेज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा भएको एक विशेष कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठी तथा राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धबारे बोल्नुभएको थियो ।

भारतद्वारा अनुदानमा कोरोनविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो देश भएको कार्यक्रममा बताइएको थियो । भारत सरकारले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । नेपाल सरकारले  तोकेकाे खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

Comment


Related News

Latest News

Trending News