अपडेट 
२०७७ माघ ८, बिहीबार १५:३०

सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (भोलि) देखि हट्ने भएको छ ।

दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो । कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।

यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताउनुभयो । यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

Comment


Related News

Latest News

Trending News