अपडेट 
२०७७ माघ ९, शुक्रबार ०७:३०

जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले भाषा, साहित्य र कलामा निखारता ल्याउनकालागि आग्रह गरेका छन् ।

उप– महानगरद्वारा प्रकाशित तथा साहित्यकार अशोक दत्तद्वारा रचित ‘राग तान’ गीति संग्रहको विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले सो आग्रह गरेका छन् । साहित्य, कला र संस्कृतिलाई कसरी उजागर गर्न सकिन्छ र कसरी संरक्षित गर्न सकिन्छ त्यस बिषयमा केन्द्रीत हुनकालागि मेयर साहले साहित्यकारहरुलाई आग्रह गरेका थिए । उनले भने–‘मिथिला कला संस्कृति विश्वमा प्रख्यात रहेपनि, ठोस रुपमा एकतावद्ध भई अगाडी नबढेकोले अन्य भाषाको तुलनामा हाम्रो भाषा कमजोर हुँदै गएको प्रति चिन्ता छ ।’ आफ्नो लिपि रहेको भाषा आजको समयमा सिमित हुँदै गएको भन्दै उनले अगामी दिनमा कला, साहित्य र संस्कृतिको क्षेत्रमा आवद्ध भएकाहरुलाई १० लाखको जानकी अक्षय कोष स्थापना गरि त्यसवाट आउने रकमले सम्मानित गर्ने तथा पुस्तक प्रकाशनमा खर्च गर्ने उनले घोषणा गरेका थिए । साहित्य कलाको क्षेत्रमा लागेका व्यक्तिहरुकालागि घोषणा गरिएको जानकी अक्षय कोष कोशे ढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरेका थिए ।

प्रदेश नं २ नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले गीत र सङ्गीतले जीवनलाई सुन्दर बनाउँदै सुवास बढाउने गरेको धारणा व्यक्त गर्नुभएको छ । झाले गीतकार अशोक दत्तद्वारा लिीखत “राग–तान’ नामक मैथिली गीत सङ्ग्रहको आज यहाँ विमोचन गर्दै सामाजिक विविधतालाई गीतमा संयोजन गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा उप–मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार ढकाल, वरिष्ठ पत्रकार राजेश्वर नेपाली लगायतले आ–आफ्ना मनतव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News