अपडेट 
२०७७ माघ ९, शुक्रबार ०७:३४

पर्सा जिल्लाको वीरगंज महानगरपालिका श्रीसिया स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख आफनै कर्मचारीबाट कुटिएका छन् ।

भन्सार अधिकृत डा. लालबहादुर खत्री कार्यालयमा आफनै कर्मचारीबाट कुटिएको खुलासा भएको छ । गत पुस २९ गते दिउँसो २ बजे नेपाल इन्टरमोडेल यातायात विकास समिति ड्राईपोर्ट शाखाका शाखा अधिकृत तर्कराज जोशी , किशोर कुर्मी र क्वारेन्टाइनका एक जना कर्मचारीलाई दुव्र्यवहार गर्दै शौचालयमा थुन्ने प्रयास गरेपछि कर्मचारीहरुले उनलाई कुटपिट गरेको बताइएको छ । कर्मचारीहरुले उनको कठालो समातरे धक्कामुक्कागर्दै कुटपिट गरेको भन्सार कार्यालयका कर्मचारीहरुले बताए् । यस विषयमा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकारी खत्रीसंग कुरा गर्दा कार्यालयलाई राम्रो बनाउन खोज्दा कर्मचारीहरु आफ्नो बिरोधमा बिभिन्न प्रोपगन्डा उडाएको बताए । कार्यालयमा आफुले सुद्धिकरण सुरुगरेका उपदेश सिखाउदा सिखाउँदै आफुले दूव्यवहार खेप्नु परेको उनले दुखेसो पोखे ।

भन्सार कार्यालयको पहिलो तल्लामा रहेको इन्टरमोडेलको शौचालयलाई व्यवस्थित बनाउनु पर्ने विषयमा इन्टरमोडेलका कर्मचारी जोशीसंग विवाद पर्दा उनी दुव्र्यवहारको सिकार भएको स्वीकर गरेका छन् ।‘शौचालय सफा छैन,न साबुन न सेनिटाइजर राखिएको छ,महिला–पुरुष छुटयाउने बोर्ड थिएन् ’ उनल भने, यसै विषयमा जोशीसंग कुरा राखे,त्यसपछि आफुलाई कुटपिट गर्दै नियतले धक्का दिएर हातपात गरेका हुन् । ’यता,इन्टरमोडेलका शाखा अधिकृत जोशीले आफुहरु हाकिमलाई नकुटेको र ज्यान जोगाउन धक्का दिएर शौचालयबाट निस्केको दावी गरे । ‘हाकिम साहेबले आफनो पदको गरिमा राख्नु भएन्’ उनले भने, हामीलाई शौचालय व्यवस्थित भएन भनी हप्काए,तीन जनालाई शौचालयमा थुनिसक्नु भएको थियो,त्यसपछि आफुहरु आक्रोशित बन्दै हाकिम साहबलाई धक्का दिएर त्यहाबाट निस्केका हौं ।’ कार्यालयका कर्मचारीहरुले भन्सार प्रमुख भएर पनि उनको व्यवहार पद अनुरुप नभएको आरोप लगाए ।उनले ड्राईपोर्ट भन्सारमा जहिले देखि प्रमुख भन्सार अधिकृत आएका छन्,त्यसदिनदेखि कार्यालयका कर्मचारी र बाहिरका पाहुनाहरु असन्तुष्ट हुने गरेको बताए ।

वीरगंजमा आएर कर्मचारी कहिले चीनमा दिने सेवा जस्तो प्रभावकारी भएन्,कार्यालय व्यवस्थित भएन,कहिले ड्राईपोर्ट इन्टरमोडेलको नाममा किन छ भनी सोधनु हुन्छ,’जोशीले भने,‘पिएचडी गरेको व्यक्ति हुन्,मिठो बोलेर काम लिनु पर्ने बेलामा सबैसंग आफनो पदको रवाफ झारिरहेको कारण विवाद भइरहेको छ ।’ कुनै बेला विहान ४ बजे नशामा धुत भएर पनि कार्यालय आउने गरेको र अनावश्यक गेट बन्द गरी हैकमबादी गर्ने गरेको पनि उनले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News