अपडेट 
२०७७ माघ ९, शुक्रबार ११:३७

साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छपावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १२६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो । 

Comment


Related News

Latest News

Trending News